गैरा-डोटी,
डोटि डडेल्धुराको सिमानामा रहेको जोरायल गाउँपालिका वडा नं.१ चप्परचानीमा रहेको हिमालयन उग्रतारा एजुकेशन एकेडेमीले आफ्नो ११ औँ स्थापना तथा अभिभावक दिवस मनाएको छ ।
धनगढी डडेल्धुरा भिमदत्त राजमार्गको गैरावजार नजिकैको चप्परचानीमा रहेको एकेडेमी डोटीको जोरायल गाउँपालिकाको वडा नं.१ र डडेल्धुराको आलिताल गाउँपालिकाको वडा नं.१ को सिमानामा रहेको छ ।
२०७० सालमा दुर्गम स्थानमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको एकेडेमीमा हाल जोरायल गाउँपालिका वडा नं.१ र आलिताल गाउँपालिका वडा नं.१ का साथै स्थानिय गैरा बजारमा व्यापार व्यवसाय तथा नोकरी गर्दै आईरहेका परिवारका कुल १६६ वालवालीकाले नर्सरी देखी कक्षा ७ सम्म अध्ययन गरिरहेको एकेडेमीका संस्थापक प्रिन्सिपल हेमन्त पातलीले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको स्थापना दिवशमा डोटीको जोरायल गाउँपालिका वडा नं.१ तथा डडेल्धुराको आलिताल गाउँपालिका वडा नं.१ का जनप्रतिनिधिका साथै विभिन्न विद्यालयका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, स्थानिय सुरक्षा निकायका प्रतिनिधि, संञ्चारकर्मी तथा स्थानिय अभिभावकहरुको उपस्थिती रहेको थियो ।
आज सम्पन भएको कार्यक्रममा गत शैक्षिक सत्रको हरेक कक्षामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थिका साथै अध्ययनमा वर्षको उत्कृष्ठ विद्यार्थि तथा अनुशासनमा वर्षको उत्कृष्ठ विद्यार्थिहरु लाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा एकेडेमीको स्थापनाकाल देखी हाल सम्म योगदान दिएका विभिन्न व्यक्तित्वहरु लाई सम्मानित गरिएको थियो भने विद्यार्थि तथा शिक्षकहरुले विभिन्न मनोरन्जनात्मक नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थापक प्रिन्सिपल हेमन्त पालिले चालु आर्थिक वर्षको प्रगती तथा भावी योजना प्रस्तुत गर्दै समय अनुसार एकेडेमीमा विज्ञान प्रयोगशालाको स्थापनाको साथै बाहिरि ज्ञान बढोस भन्ने उद्देश्यका साथ अध्ययन अवलोकन भ्रमण कार्यक्रमको आयोजना गरिएको बताउदै शिक्षक, अभिभावक र विद्यार्थिहरुले सामुहिक रुपमा एकेडेमीको बारेमा सोच्नुपर्ने बताए ।
कार्यक्रममा जोरायल गाउँपालिका कार्यपालिका सदश्य एबं कार्यक्रमको प्रमुख अतिथि ईन्द्रा देवी वलीले आफुहरु शैक्षिक विकासको लागी सहयोग गर्न सदैव तत्पर रहेको वताईन । कार्यक्रमको अन्तमा एकेडेमीका अभिभावक हरु विच विभिन्न खेलहरु खेलाइृएको थियो भने विजेताहरु लाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको समापनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बहादुर मल्लले एकेडेमी सबैको भएको हुनाले सबैले एकेडेमीको विकास को लागी लाग्नु पर्ने र आफुहरुले यस क्षेत्रको शैक्षिक विकासको लागी दक्ष जनशक्ति सहितको टिम तयार पारेको बताए ।
You might also like