नेपाल टेलिकम डडेल्धुराबाट फर्जी प्रमाणपत्र पेस गरेर अर्काको नाममा रहेको सिम निकाल्दै ठगीप्रकरणमा संलग्न अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आईतबारसार्वजनिक गरेको छ ।
बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ का २६ वर्षीय धनबहादुर बोहरालाई डडेल्धुरा प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेरसार्वजनिक गरेको हो । अभियुक्तबोहरालाई प्रहरीले शनिबार घरबाटै पक्राउ गरेको थियो । उनी बित्थडचिर गाउँपालिकाको वडा नं. १,२ र ३ मा कार्यरत प्रावधिक सहायक हुन ।
अभियुक्त धनबहादुरले माघ २३ गते बित्थडचिर गाउँपालिकाका बासिन्दा मोहनबहादुर बोहराको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर निजले प्रयोग गरिरहेको सिमकार्ड अवैध रूपमा निकालेका थिए । उक्त सिमकार्डबाट सञ्चालितनविल बकंै को मोबाइल बंिैकङ एपबाट ७२ हजार एकसय ट्रान्सफर गरेर ३५ हजार रुपैयाँको नमस्ते र ३५ हजारकै एनसेलको रिचार्ज कार्ड खरिद गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सदरमुकाम बागबजारस्थित मित्र मोबाइल पसलबाट रिचार्ज कार्ड किनेर उनी बझाङ गएको पाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरिक्षक कुसुम नायकले जानकारी दिए ।
डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दीपकुमार कार्की ले अपरिचित व्यक्तिले मतदाता नामावली प्रमाणपत्र दुरुपयोग गरेर आफुले प्रयोग गरिरको सिमकार्डमार्फत बैंक खातामा रहेको रकम झिकेपछि
बिहीबार पीडित बोहराले प्रहरीमा उजुरी दिएको जानकारी दिए ।
पीडितको उजुरीका आधारमा डडेल्धुरा प्रहरीले मोवाईल लोकेशन ट्रेस गरेर बझाङ प्रहरीलाई खबर गरेको थियो । त्यसपछि बझाङ प्रहरीले
अभियुक्त धनबहादुरलाई पक्राउ गरेरडडेल्धुरा प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीका अनुसार अभियुक्त धनबहादुरलाई ल्याउन जिल्ला प्रहरीकार्यालय डडेल्धुराका सूचना अधिकारी र अनुसन्धान अधिकृत रहेका प्रहरी निरिक्षक नायक आफै बझाङ पगेका थिए ।
प्रयोगमा रहेको सिम हराएको भए पनि सोही नम्बरको नयाँ सिम निकाल्ने क्रममा सक्कलै नागरिकता र स्वयम् व्यक्ति उपस्थित भएर अर्को सिमकार्ड लिने प्रावधान छ ।तर, नेपाल टेलिकम डडेल्धुरा कार्यालयले अनलाइनमा प्रविष्ट रहेको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर गएका अपरिचित व्यक्तिलाई सिमकार्ड दिएको थियो । घटनाको अनुसन्धान भईरहेको र ठगी प्रकरणमा संलग्न अभियुक्तलाई प्रचलित कानून अनुसार सजायको मागगर्दै जिल्ला अदालत डडेल्धुरामा मुद्दा दर्तागरिने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
सोही पत्रकार सम्मेलनमार्फत डडेल्धुरा प्रहरीले चालु आर्थिक बर्षको हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । डडेल्धुरा प्रहरीले जर्वजस्ती करणीका पाँच, लागू औषध दुव्र्यसनीका नौ, कर्तव्य ज्यानका तीन, झुण्डिएर आत्महत्या नौ, सवारी तीन र जुवा पाँच गरेर कुल ६७ मुद्दा दर्ता गरेको जनाएको छ । अघिल्लो आर्थिक बर्षमा यसअवधिमा ९९ वटा मुद्दा दर्ताभएका थिए । चालु आर्थिक बर्षमा दर्ता भएका कुल मुद्दा ६७ मध्ये ३६ मुद्दा फच्र्यौट भएका छन भने ३४ मुद्दा बाँकी छन । यस अवधिमा ३३ जना फरार अभियुक्त प्रक्राउ गरिएका छन । हालसम्म कुल एक सय ८३ जना फरार अभियुक्त रहेको र एक सय ५० फरार अभियुक्त अझै बाँकी रहेकाले प्रहरीले खोजबिन गरिरहेको छ ।
जिल्लाभर पाँच सय ३८ वटा जनचेतनामुलक कार्यक्रमहरु सम्पन्न भएका छन भने सात सय १५ लिटर अवैध घरेलु मदिरा बरामद गरेर नष्ट गरिएको छ । यसअ अवधिमा दुई हजार आठसय ४७ जनालाई ट्राफिक कारवाहीबाट १६ लाख २२ हजार राजश्व सङ्कलन भएको छ ।
You might also like