डडेल्धुरा सदरमुकाम स्थित भिमदत्त बहुमुखी क्याम्पसमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । भिमदत्त बहुमुखी क्यामपस तथा नेपाल विद्यार्थि संघ डडेल्धुराको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त सरसफाई कार्यक्रममा ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुराको सहयोग रहेको थियो । सरसफाई कार्यक्रम अन्तर्गत भिमदत्त बहुमुखी क्याम्पस परिसर, कक्षा कोठा लगायत बजार बाट भिमदत्त बहुमुखी क्याम्पस सम्म जाने पैदल बाटो सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा भिमदत्त बहुमुखी क्याम्पस व्यवस्थापन समिति का पदाधिकारी ,विद्यार्थि र नेपाल विद्यार्थि संघ डडेल्धुराका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
सरसफाई पश्चात बागबजारमा रहेका पसल तथा व्यक्तिगत घरमा गई फोहोर तथा पानिहरु क्याम्पस तर्फ नफाल्न आग्रह गरिएको थियो । नेपाल विद्यार्थि संघ डडेल्धुराका अध्यक्ष पवन ऐरका अनुसार डडेल्धुराका बागवजार स्थित फोहोर हरु भिमदत्त बहुमुखी क्याम्पस तर्फ गईरहेकोले त्यसको दिगो व्यवस्थापनका लागी अमरगढी नगरपालिका र जिल्ला प्रशासन कार्यालय डडेल्धुराको पनि ध्यानाकर्षण गरिएको बताउनुभयो ।