डडेल्धुरा–डडेल्धुराका विभिन्न स्थानहरुमा किशोरी संरक्षण मञ्च नेपाल डडेल्धुराले जनचेतनामुलक कार्यक्रमहरु संञ्चालन गर्दै आईरहेको छ । यसैक्रममा अमरगढी नगरपालिका वडा नं. ९ स्थित श्री आदर्श मणिलेक प्रा.वि.लटसेरामा यौन प्रजनन स्वास्थ्य, सामाजिक सञ्जालको सदुपयोग र लागूऔषध दुव्र्यसन न्युनीकरण सम्बन्धि दुई दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ । अमरगढी नगरपालिका वडा नं. ९ का सबै टोलबाट सहभागी हुने गरी ६० जना किशोर किशोरीहरुलाई तालिम दिईएको किशोरी संरक्षण मञ्च नेपाल डडेल्धुराका अध्यक्ष देवकी जोशी ले बताईन् ।
दुई दिने तालिम कार्यममा किशोर किशोरीहरुलाई प्रजनन स्वास्थ्यको बारेमा जानकारी दिईएको थियो भने पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो दुरुपयोग र यसबाट हुनसक्ने सम्भावित जोखिमका बारेमा जानकारी दिईएको थियो । कार्यक्रममा अमरगढी नगरपालिकाका उपप्रमुख पार्वती झुकाल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय लगायत वडा नं. ९ का जनप्रतिनिधिहरुको उपस्थिति थियो ।