डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ४ स्थित भागेश्वर माध्यमिक विद्यालय कटालको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजित खुला महिला तथा पुरुष भलिवल प्रतियोगिता हिजो सम्पन्न भएको छ ।
प्रतियोगिताको गत सोमबार एक कार्यक्रमका बीच प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले उद्घाटन गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर सिँह माल “डायमन्ड” को सभापतित्व मा सम्पन्न भएको समापन कार्यक्रममा विजेता तथा उपविजेताहरु लाई पुरुस्कार हस्तान्तरण गरिएको थियो । उक्त समापन कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदश्य चक्र प्रसाद स्नेही प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने विशिष्ठ अतिथिको रुपमा परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशी र आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की उपस्थित हुनुहुन्थ्यो।
पुरुष खुला भलिबल प्रतियोगिता तर्फ परशुराम यातायात प्रा.ली.को टिम विजेता हुदै एक लाख ५१ हजार एक सय ११ रुयैयाँ प्राप्त गरेको छ भने कैलपाल निर्माण सेवाले उपविजेताको रुपमा नगद रु एक लाख एक हजार एक सय ११ प्राप्त गरेका छन भने तेस्रो हुने चौराहा स्पोर्टस क्लव टिमले ५० हजार एक सय ११ रुपैयाँ का साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
यसै गरी खुला महिला भलिबलतर्फ प्रथम हुने शुक्लाफाँटा नगरपालिकाको टिमले नगद रु ७५ हजार एक सय ११ प्राप्त गरेको छ भने द्वितीय हुने त्रिवेणी बहुमुखी क्याम्पसले ५१ हजार एक सय ११ प्राप्त गरेको छ भने र तृतीय हुने भागेश्वर युवा क्लव कटाल ले २५ हजार एक सय ११ रुयैयाँ का साथै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मालले जानकारी दिए।
कार्यक्रममा समाजमा उल्लेख्य टेवा पुर्याएका व्यक्तित्वहरु लाई सम्मान गरिएको थियो ।
You might also like