आलितालको कोल्ड स्टोर अलपत्र, यो वर्ष बन्ने आश्वासन

आलिताल गाउँपालिकामा निर्माण सुरु भएको कोल्ड स्टोर निर्माण कम्पनिका कारण अलपत्र परेको छ । आलिताल गाउँपालिकाको कार्यालयको मुख्य प्रवेशद्धारमै निर्माण सुरु भएको कोल्डस्टोर को निर्माणकार्य अलपत्र परेको हो ।
आलु तथा तरकारी भण्डारणका लागी २० मेट्रिक टनको प्रि कुलिंग च्याम्बर कोल्ड स्टोर निर्माणका लागी २०७८ बैशाख ७ गते गते वर्दियाको निर्माण कम्पनी पुरशोत्तम कन्ट्रक्सनले लिएको थियो । २०७८ असार ४ गते काम सक्ने सम्झौता भए पनि निर्धारित समयमा काम नसकेर निर्माण कम्पनि सम्पर्क विहिन रहेको गाउँपालिकाको आरोप छ । ठेकेदार स्मृति सुन्दर शर्मा लाई विभिन्न समयमा सम्पर्क गर्दा सम्पर्कमा आउन खोजिरहेका थिएनन् ।
५६ लाख ८ हजार २५४ रुपैयाको लागत ईस्टिमेट रहेको उक्त काम पुरशोत्तम कन्ट्रक्सन ले ५३ लाख १४ हजार १२३ रुपैयामा कबोल गरेको थियो ।
२०७८ सालमा काम नसके पछी चैत्र मसान्त सम्म म्याद थप गरिएको र आर्थिक वर्ष २०७९/०८० मा बजेट नआए पछी काम हुन नसकेको बताउने सुदुरपश्चिम कृषि विकास निर्देशनालय डोटीका अनुसार यो वर्ष अन्तिम पटकका लागी २०८१ बैशाख मसान्त सम्मका लागी म्याद थपिएकोले काम सम्पन्न हुनेमा आफुहरु ढुक्क रहेको कृषि विकास निर्देशनालयका दिपायलका कृषि ईन्जिनियर कोष राज बडुले बताउनुभयो ।
केही दिन पहिले मात्र आलिताल गाउँपालिकाका अध्यक्ष शेर सिँह पार्कि र आलिताल गाउँपालिका वडा नं.२ का अध्यक्ष प्रमोद बहादुर मल्लले कृषि विकास निर्देशनालयका निर्देशक लाई भेटि ध्यानाकर्षण गराउनुभएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.