बिश्वखाद्य कार्यक्रमको आर्थिक सहयोग मा सप्रोस नेपाल द्वारा कैलालीको कैलारि गाउँपालिका मा संचालन भईरहेको मुल्य श्रृङंखला मा महिला कार्यक्रम अन्तर्गत कैलारि गाउँपालिकामा गाउँ पालिका स्तरिय संयुक्त अनुगमन कार्यक्रम सम्पन्न भएको छ
उक्त अनुगमन कार्यक्रम मा गाउँपालिका स्वास्थ्य शाखा,प्राबिधिक शाखा, समाजिक बिकास साखा,महिला बिकास साखा, र पशु सेवा साखा लगायतका शाखाहरुका शाखा प्रमुख तथा प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।
अनुगमन बिश्व खाध कार्याक्रमको सहयोग मा सप्रोस नेपाल र कैलारि गाउ पालिकाको साझेदारि मा बिधालय मा निर्माण भैरहेका २० वटा भान्सा घर र सप्रोस नेपालले कृसक समुह मा गरेको सहयोग र त्यसले समुदाय स्तर मा परेको प्रभाब लक्षित रहेको कुरा सप्रोस नेपालका कृषी प्राबिधिक दिपक पाठक ले बताए ।
सो अनुगम कार्यक्रम मा सप्रोस नेपाल का सुदुर पशिम प्रदेश अन्तरगतका क्षेत्रीय संयोजक चन्द्र बहादुर सिंहको पनि उपस्थिति रहेको थियो । साथै अनुगमन कार्यक्रममा स्थानिय संञ्चारकर्मिहरुको पनि उपस्थिती रहेको थियो
You might also like