डडेल्धुराको कटालमा सर्वाधिक धनराशिको खुला भलिबल प्रतियोगिता आज बाट सुरु

डडेल्धुरामा हिजो औपचारिक रुपमा उद्घाटन भएको सर्वाधिक धनराशिको पुरुष र महिला खुला भलिबल प्रतियोगिताको खेल हरु आज बाट संञ्चालन हुदैछ। डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ४ स्थित भागेश्वर माध्यमिक विद्यालय कटालको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताको सोमबार एक कार्यक्रमका बीच प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले उद्घाटन गर्नुभएको हो ।
उक्ता कार्यक्रममा विशिष्ट अथितिको रूपमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री गीतादेवी माल, परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशी, उपप्रमुख विमलाकुमारी बोहरा महता, आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की रहेका थिए।

उद्घाटन कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा लोक डेउडा गायक रमेश मल्ल, सुधीर जैरू, डेउडा तथा हास्य कलाकार जेआर भट्ट, मोडेल डान्सर अनुष्का भण्डारी, पुष्पा बोहराले पनि प्रस्तुति राखेका थिए।
प्रतियोगितामा पुरुषका ८ र महिलाको ७ टिम सहभागी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ले जानकारी दिनु भएको छ ।

पुरुष खुला भलिबल प्रतियोगिताको विजेताले एक लाख ५१ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्नेछ। उपविजेताले एक लाख एक हजार एक सय ११ र तेस्रो हुने टिमले ५० हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। यसका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत दिइनेछ।
खुला महिला भलिबलतर्फ प्रथम हुने टिमले ७५ हजार एक सय ११, द्वितीयले ५१ हजार एक सय ११ र तृतीय हुने टिमले २५ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्ने अध्यक्ष मालले जानकारी दिए। यो जिल्लाकै सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता हो।

You might also like
Leave A Reply

Your email address will not be published.