
पबित्रा रोकामगर,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा नं. १ सलौनको आयोजनामा चौथो वडाअध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता उद्घाटन भएको छ ।
माघ २० गते शनिवार वडा न १ का वडा अध्यक्ष लालबहादुर धामीको अध्यक्षता तथा परशुराम नगरपालिका नगर–प्रमुख भरत वडायर जोशीको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन भएको हो ।
वडा न १ को आर्थिक वर्ष २०८०–०८१ को स्वीकृत युवा लक्षित वजेट अन्तरगत प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष लाल वहादुर धामीले जानकारी दिनु भएको छ ।
प्रतियोगिता भागेश्वर माद्यमिक विद्यालय सलौनको खेलमैदामा सञ्चालन भई रहेको वडा सचिव पारवती धामीले वताईन ।
उक्त प्रतियोगितामा वडा नं. १ का ६ महिला ८ पुुुरुष गरि जम्मा १४ समुहको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम लाई नगद १० हजार, द्धितिय लाई नगद ६ हजार र तृतियहुने समुहलाई नगद ४ हजार ट्रफी मेडल र प्रमानपत्र प्रदान गरिने प्रतियोगितामा मुख्य रेफ्री प्रेम कठायतले वताए । उनका अनुसार भलिवल प्रतियोगिता अन्तराष्ट्रिय नियमानुसार खेलाइएको छ ।
अनुशासन, विकास र गतिशिलता भन्ने नारा लाई आत्मसाथ गरि वडाका स्कुले छात्र–छात्रा देखी पाका गृहणी महिला सम्मको सहभागिता रहेको छ ।
