
राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक तथा म्यागेसेसे पुरुस्कार विजेता महावीर पुन आफ्नो आत्मकथा विक्रि गर्दै डडेल्धुरा पुगेका छन् ।
सम्झना, सपना र अविरल यात्रा समेटिएको पुस्तक महावीर पुन विक्रि गर्न देशदौडाहामा निस्केका महावीर पुन आज २५ औँ दिनमा डडेल्धुरा पुगेका हुन ।
पुस्तक विक्रिको रकम विरगंज स्थित विरगंज कृषि औजार कारखाना संञ्चालनको लागी खर्च गरिने महावीर पुन ले बताउनु भयो ।
कति दिन सम्मको यात्रा हुन्छ भन्ने प्रश्नामा यो यात्राको कुनै टुंगो नभएको बताउनु भयो । अधिकांस मानिस हरु लक्ष लिएर हिन्ने गरेको भए पनि यो यात्रामा मेरो कुनै निश्चित लक्ष भएको र सके सम्म धेरै विक्रि गरेर विरगंज कृषि औजार कारखाना संञ्चालनको लागी धेरै भन्दा धेरै रकम संकलन गर्ने लक्ष रहेको बताउनु भयो ।
हिजो अछाम डोटी हुदै डडेल्धुरा पुग्नु भएका महावीर पुन आज दिउसो बैतडी तर्फ लागेका छन् ।