७ वर्ष पछी भागेश्वर गाउँपालिकाको केन्द्र वडा नं. ४ को टप्वा तोकियो

डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र गाउँपालिकाको वडा नं. ४ मा पर्ने टप्वा क्षेत्रलाई तोकिएको छ ।
विगत ७ वर्ष देखि गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विवाद हिजो बुधबारको बैठकले टुंगो लगाएको छ । भागेश्वर गाउँपालिकाले आफ्नो केन्द्रको टुंगो लगाउन बेलाबेलामा सुझाव संकलनका कार्यक्रमहरु आयोजना गरे पनि टुंगो नलागे पछी हिजो निर्वाचन बाट आफ्नो केन्द्रको टुंगो लगाएको हो ।
गाउँपालिकाको केन्द्र टप्वा राख्ने वा हाल केन्द्र रहेको बगरकोटमा राख्ने भन्ने विषयमा विवाद आए पछि कार्यपालिका सदश्यहरुले निर्वाचन बाट केन्द्रको टुंगो लगाएका हुन ।
जम्मा २७ मतदाता मध्ये १ जनाकाृ उपस्थिती रहेको थियो भने १ मत बदर भएको थियो । उता गाउँपालिकाको केन्द्र टप्वा हुनु पर्छ भन्ने पक्षमा २१ मत परेको थियो भने हालको केन्द्र रहेको बगरकोट हुनु पर्छ भन्ने पक्षमा ४ मत परेको थियो ।
अत्यधिक बहुमतले गाउँपालिकाको केन्द्र टप्वा लाई छानेको गाँउपालिका अध्यक्ष हेमराज चटौतले बताउनु भयो ।

You might also like