डडेल्धुरा जेसिस वर्ष २०२४ को पदस्थापन कार्यक्रम आज डडेल्धुरा सदरमुकाममा सम्पन्न भएको छ ।
आज विहान प्रभातफेरी कार्यक्रम संगै सुरु भएको पदस्थापन कार्यक्रमको औपचारिक कार्यक्रम निर्माण व्यवसायी संघको हलमा सम्पन्न भएको हो ।
डडेल्धुरा जेसिस वर्ष २०२३ का अध्यक्ष भोजराज अवस्थिको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नवदुर्गा गाँउपालिकाका अध्यक्ष लक्ष्मि अवस्थि प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपाने तथा गन्यापधुरा गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर कार्कि विशिष्ठ अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो भने जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा डडेल्धुरा जेशिस का संस्थापक अध्यक्ष शेर बहादुर गुरुंग लगायत डडेल्धुरा जेशिसका पूर्व अध्यक्ष हरु अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।
पदस्थापन कार्यक्रमको अवसरमा डडेल्धुरा जेशिस वर्ष २०२३ को तर्फ अतिथि तथा विभिन्न व्यक्तित्वहरु लाई मायाको चिनो प्रदान गर्नुका साथै विभिन्न व्यक्तित्व हरु लाई सम्मान गरिएको थियो ।
जेशिस वर्ष २०२४ का लागी संञ्चारकर्मि लक्ष्मि कुमारी ऐरले अध्यक्षको पद ग्रहण गर्नुभएको छ ।
You might also like