पदम जोरा
डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ७ सादनि स्थित श्री शिबशंकर माद्यामिक बिद्यालय परशुराम ७ सादनिको ३५ औं वार्षिकोत्सब तथा अभिवाबक दिवस समारोहको अवसरमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य भरत धानुक (पुकार) ले १ लाख रुपैयाँ को अक्षयकोष स्थापना गर्नु भएको छ ।
आफ्नो आमाको ८४ वर्ष उमेर पुगेको अवसरमा ८४ दान स्वरुप आमाको नाम सदा स्कुलमा रहि रहोस भनी १ लाखको अक्षयकोष स्थपना गरेको उनले जानकारी दिए । मरेर जानू छ के छ र लैजानु ठानि आमाको ८४ दानमा १ लाखको अक्षयकोष स्थापना गरिएको जानकारी दिए ।
बिद्यालयले माघ १६ गते स्थापनाको ३५ औं वार्षिकोत्सब तथा अभिवाबक दिवस समारोह मनाएको छ ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष महादेव भट्टको अध्यक्षता तथा परशुराम नगरवालिकाका नगर उप प्रमुख बिमला कुमारी बोहराको प्रमुख आतिथ्यतामा दिवस उदघाटन भएको बिद्यालयका प्रधानाध्यापक केशवराज अवस्थिले जानकारी दिनु भएको छ ।
बिद्यालयको प्रगति तथा आर्थिक प्रतिवेदन, सुभकामना मन्तव्य,मनोरन्जनात्मक कार्यक्रम सहित दिवस उदघाटन भएको हो ।