सप्रोस नेपाल द्धारा कैलारीका किसान लाई सहयोग

कैलालीको कैलारी गाउँपालिका का किसानहरु लाई कृषि सामाग्रीहरु हस्तान्तरण गरिएको छ । आज बिश्व खाद्य कार्यक्रम आर्थिक सहयोग मा सप्रोस नेपाल द्वारा संचालित मुल्य श्रृङंखला मा महिला(दोस्रो चरण) कार्यक्रम अन्तरगत कैलारि गाउँपालिका अन्तर्गत गठन भएका ३५ वटा समुह मध्ये १६ वटा समुह लाई कृषि समाग्रीहरु हस्तान्तरण गरिएको हो ।
एफ.एफ.टी. पाठसाला संञ्चालन भईरहेको कैलारी गाउँपालिकाको वडा नं. १ देखी ९ सम्म रहेको १६ वटा समुहमा बिभिन्न सामाग्री हरु वितरण गरिएको हो ।
किसान लाई आवश्यक पर्ने मोटर, सिचाइ पाइप,पल्चिङ प्लास्टिक, हजारि,स्टेसनरी,सिकेचर बेमैसमि सिजनका लहरे जात का तरकारिका बिउ बिजन एक कार्यक्रमका बिच विश्व खाद्य कार्यक्रम फिल्ड कार्यालय धनगढीका फिल्ड संयोजक बिनोद देव भट्ट द्वारा बितरणवितरण गरिएको हो ।
सप्रोस नेपालका कृषि प्राविधिक दिपक पाठकका अनुसार आजको कार्यक्रम १६ समुह लाई कृषि सामाग्री हरु वितरण गरिएको भए पनि निकट भविश्यमै कैलारी गाउँपालिका संगको समन्वयमा अन्य १९ समुह लाई पनि सामाग्री वितरण गरिनेछ ।

You might also like