डडेल्धुराको एतिहासिक तथा पर्यटकिय महत्व बोकेको अमरगढी किल्लाको पूर्वाधार विकासका लागी डडेल्धुराका सबै स्थानिय तहले हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
डडेल्धुराको दह व्यारेकमा आज रणबम गणले आयोजना गरेको छलफल कार्यक्रममा उक्त प्रतिवद्धता व्यक्त गरिएको हो ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमख, ७ वटै पालिका प्रमखहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख हरु, अमरगढी किल्ला पर्यंटन पूर्वाधार विकास समितिका अध्यक्ष लगायत जिल्ला स्थित सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।
रण बम गणका प्रमखु सेनानी प्रविण थापाले नेपाली सेनाले यो वर्ष मात्र नेपाली सेनाले डडेल्धुरामा गरेको विभिन्न क्रियाकलापको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख सेनानी थापाले पछिल्लो समय स्थानिय तहहरुले आफनो स्थानिय तहमा मात्र केन्द्रित रहेकोमा महत्वपूर्ण विषयमा सामुहिक रुपले अगाढी बढ्नुपर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा उपस्थित डडेल्धुराका सबै स्थानिय तहका प्रतिनिधिहरुले अमरगढी किल्लाको पूर्वाधार विकासमा सबै तहले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै आगामी वर्ष देखी सबै स्थानिय तहको साझेदारीमा क्रमसः अन्य पालिकाका पर्यटकिय गन्तव्यहरुको विकासमा हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
You might also like