आलिताल गाउँपालिकामा भर्खरै सम्पन्न भएको पालिका स्तरीय राष्ट्रपति रनिंग सिल्डमा पदक जित्ने तथा सहभागी हुने खेलाडीहरु लाई उणिकोट माध्यमिक विद्यालयले सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समिति का अध्यक्ष एबं वडा नं.२ का अध्यक्ष प्रमोद बहादुर मल्ल को सभापतित्व सम्पन्न एक कार्यक्रमका विच खेलाडीहरु लाई सम्मान गरिएको विद्यालयले जनाएको छ । उणिकोट माध्यमिक विद्यालयका अनुसार उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडी लाई जनही रु २५००।, रजत पदक जित्ने खेलाडी लाई जनही रु ५००।, र काश्य पदक विजेता खेलाडी लाई जनही रु ३००। नगद सहित सम्मान गरिएको हो ।
प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडी लाई आलिताल गाउँपालिका वडा नं.२ को तर्फ बाट नगद रु ५०००। सहित सम्मान गरिएको वडा नं.२ को कार्यालयले जनाएको छ ।