रोशन मेमोरियल क्रिकेट प्रतियोगिताको ट्रफि सार्वजनिक

डडेल्धुरामा आयोजना हुन लागीरहेको जिल्लास्तरिय खुल्ला टि–२० रोशन मेमोरियल कप क्रिकेट प्रतियोगिता को ट्रफि आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।
किङ्गस् युथ क्लबको आयोजनामा अमरगढी नगरपालिका–३ स्थित रामलिला मैदानमा भोली १० गते बाट उक्त प्रतियोगिता हुन लागेको हो।

स्वर्गीय रोशन घिमिरेको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागेको आयोजक मध्येका एक शुनिल तामाङले जानकारी दिए। प्रतियोगिताको विजेतालाई ४५ हजार ५ सय ५५ र उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक ले जनाएको छ ।
प्रतियोगितमा उत्कृष्ट व्याट्स म्यान, उत्कृष्ठ बलर, म्यान अफ द म्याच, म्यान अफ द टुर्नामेन्ट र ईमर्जिग प्लेयरको उपाधाी पनि दिईने आयोजक ले बताएको छ ।
प्रतियोगितामा १० टिमसम्म सहभागी हुने आयोजकले बताएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.