डडेल्धुरामा तेक्वान्दो उपाधी हस्तान्तरण

डडेल्धुराको आलितालमा एक कार्यक्रमका विच तेक्वान्दो खेलाडीहरु लाई उपाधी हस्तान्तरण गरिएको छ । विश्व तेक्वान्दो फेडरेसनको मुख्यालय दक्षिण कोरिया बाट प्राप्त उपाधिहरु खेलाडी लाई हस्तान्तरण गरिएको हो ।
आलिताल गाँउपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा आलिताल गाउँपालिका अध्यक्ष शेर सिँह पार्कि प्रमख अतिथिको रुपमा उपस्थित थिए भने वडा नं.६ का वडा अध्यक्ष कुम्भर बहादुर बुढा , वडा नं. ५ का निवर्तमान वडा अध्यक्ष प्रकाश बहादुर बोहरा, परशुराम नगरपालिका का मार्सल आर्ट प्रमुख प्रशिक्षक राम बहादुर बोहरा ,आलिताल गाउँ पालिका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख देवराज पन्त लगायतको उपस्थिती रहेको थियो ।
राष्ट्रिय तेक्वान्दो संघ नेपालको केन्द्रीय सदस्य एवम डडेल्धुरा मार्सल आर्ट तेक्वान्दो एकेडेमी का संस्थापक प्रमुख प्रशिक्षक तथा डडेल्धुरा मार्सल आर्ट तेक्वान्दो एवम् आलिताल गाउँ पालिकाका खेलकुद मुख्य प्रशिक्षक राजेन्द्र मडै को अध्यक्षता मा सम्पन्न भएको उक्त कार्यक्रममा सातौँ व्याच लाई व्ल्याक बेल्ट हस्तान्तरण गरिएको हो भने रमेश हमजाली मगर र बिर बहादुर सारु मगरलाई विश्व तेक्वान्दो मुख्यालय बाट मान्यता प्राप्त तेस्रो डान (डिग्री) प्रदान गरिएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.