डडेल्धुराको बजारमा विक्रि भईरहेको तरकारी तथा फलफुलहरुमा विषादी नभएको पुष्टि भएको छ । केन्द्रिय कृषि प्रयोगशाला अन्तरगत अत्तरिया कैलालीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले डडेल्धुराको बजारमा विक्रि भईरहेको तरकारी तथा फलफुल हरुको नमुना परिक्षण गर्दा उपभोग गर्न योग्य नतिजा आएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख खेमराज पनेरुले बताउनु भयो ।
डडेल्धुरा बजारमा रहेको तरकारी तथा फलफुल विक्रि केन्द्र बाट ७ वटा नमुना संकलन गरि परिक्षणका लागी अत्तरिया लगिएको थियो । केही दिन पहिले अमरगढी नगरपालिका वडा नं.११ मा तरकारीमा प्रयोग भईरहेको विषादीका कारण क्यान्सर फैलिएको समाचार प्रकासन भए पछि उत्पादक र उपभोक्तामा त्राश फैलिएको थियो ।
तरकारी तथा फलफुल उत्पादनक र उपभोक्तामा फैलिएको भ्रम निवारण गर्नको लागी कृषि ज्ञान केन्द्र डडेल्धुराको तर्फ बाट अत्तरिया कैलाली स्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई लाई तरकारी तथा फलफुमा विसादी रहेको वा नरहेको परिक्षणका लागी अनुरोध गरिएको थियो । एकाई कार्यालयले डडेल्धुरा बाट संकलन गरेको नमुनामा कार्वामेट रअर्गानोफस्फेट रहेको वा नरहेको भनि परिक्षण गरेको थियो ।
उक्त परिक्षणको नतिजा आज कृषि ज्ञान केन्द्र डडेल्धुरामा आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको हो ।
You might also like