डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं १ को मटेलामा कृषि ज्ञान केन्द्र डडेल्धुराले एक कार्यक्रमका बिच कृषि सामाग्री हस्तान्तरण गरेको छ । सुदूरपश्चिम कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशी को प्रमुख आतिथ्यता मा सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
गन्यापधुरा गाउँपालिका वडा नं १ मटेलामा रहेको निरपाल कृषक समुहका २६ परिवार लाई बेमौषमी तरकारी खेतीका लागी आवश्यक पर्ने पोली हाउस, झारी, स्प्रे र तरकारीका बिउ हरु हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख खेमराज पनेरुले उक्त कृषक समुहमा आवद्ध रहेका महिला सदस्यहरू निकै सक्रिय देखिएकाले ज्ञान केन्द्रको तर्फ बाट सहयोग गरिएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि एबं डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थी ले पछिल्लो समय आफूले उत्पादन गरेका स्वस्थ खानेकुराहरू बजारमा बिक्री गर्ने र बजारमा पाईने अस्वस्थ खाने कुरा किनेर खाने प्रचलन बढिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
यसै गरी उक्त कार्यक्रममा गन्यापधुरा गाउँपालिका उपाध्यक्ष ज्ञानु सेठी देउवाले गन्यापधुराको समग्र विकासका लागी गन्यापधुरा सरकार लागी रहेको र आफ्नै कार्यकालमा धेरै कुराको विकास हुनेमा आफुहरु ढुक्क रहेको बताउँदै यस वर्ष प्रत्येक वडाका २० जना किसान लाई व्यवसायीक तरकारी खेतीको लागी सहयोग गरिएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले किसान हरु अन्नदाता भएको बताउदै कम्तीमा आफ्नो परिवारको स्वास्थ्यका लागी भए पनि तरकारी खेती गर्न आवश्यक रहेको बताउनु भयो ।
यसका साथै कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र डडेल्धुरा, सहायक प्रमुख जिल्ला अधिकारी, गन्यापधुरा गाँउपाििलका प्रतिनिधि एबं पत्रकारको टोलीले डडेल्धुराका विभिन्न कृषि फर्महरुको अनुगमन भ्रमण पनि गरेको थियो ।