जिल्ला डोटी, के.आई.सिंह गाउँपालिका वडा नं.१ बसिना बस्ने डबल बहादुर भुलको श्रीमती बर्ष ३५ की जगुली देवी भुल घर नजिकै खेतमा घाँस काट्ने क्रममा जंगली जनावर बदेलको आक्रमणबाट निजको मंगलबार दिउँसो मृत्यु भएको हो । बदेलको आक्रमणबाट गम्भिर घाईते भएकी उनको जिल्ला अस्पताल डोटीमा उपचारको क्रममा मृत्यु भएको हो । बदेलको आक्रमणबाट घाईते भएका सोही ठाउँ वस्ने बर्ष ७२ को भगी भुलको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।