
डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ५ परीगाउँस्थित परशुरामधाममा माघे संक्रान्तिको अवसरमा लाग्ने मेला भव्य रुपमा सम्पन्न भएको। चार धाम मध्येको एक परशुरामधाममा माघे संक्रान्तिको अवसरमा हरेक वर्ष मेला लाग्ने गर्दछ।
मेलाको अवसरमा परशुरामधाम परिसरमा परशुराम नगरपालिका , विश्व हिन्दु युवा संघ लगायतका विभिन्न सामाजिक संस्थाहरुको आयोजना आध्यात्मीक प्रबचन तथा भजनकृतनका साथै विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
भगवान परशुरामले तपस्या गरेकाले यो स्थानको नाम परशुरामधाम राखिएको स्कन्ध पुराणमा उल्लेख छ।
हिजो राती अर्थात पुस मसान्तको रातभर आगो तापेर भक्तजनहरू जाग्रम बस्ने माघे संक्रान्तिको बिहानै महाकाली किनारमा भक्तजनहरूले स्नान का साथै पुजा आजा गरेका थिए । माघे संक्रान्तिको दिन स्नान गरे पाप मोचन भई पूण्य कमाइने विश्वास छ।
परशुरामधाममा लाग्ने मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला र भारतबाट समेत तीर्थालु तथा दर्शनार्थीहरू आएको परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडाएर जोशीले बताउनुभयो ।
स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागिरि मन्दिरमा सतीदेवीको पूर्ण अंग पतनपछि भगवान् शिवले यही धाममा लामो समय तपस्या गरेका थिए। पछि ईश्वरीय अवतारका लागि यहीँ पूण्यभूमिमा परशुरामले तपस्या सफल पारे। परशुराम भगवान् विष्णुका दश अवतारमध्ये एक मानिन्छन्।