माघी मेलाको अवसरमा परशुराम नगरपालिकाको निम्तो

माघे संक्रान्तिको अवसरमा डडेल्धुराको परशुरामधाममा आयोजना हुने माघी पर्वमा सहभागी हुन सुदूरुपश्चिम प्रदेशका सांसद र देशभरका पालिका प्रमुखलाई परशुराम नगरपालिकाको तर्फ बाट निम्तो दिइएको छ ।

डडेल्धुराको परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले माघ १ गते परशुरामधाममा हुने माघी पर्वमा सहभागिताका लागि सुदूरपश्चिम प्रदेशका सांसद र देशभरका पालिका प्रमुखलाई निमन्त्रणा गरेका हुन् ।

मकर संक्रान्ति पर्व परशुराम नगरपालिका वडा नं। ५ महाकालीनदीको किनारमा अवस्थित ऐतिहासिक स्थल परशुरामधाममा प्रत्येक वर्ष महास्नान, भजन कीर्तन लगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ ।
परशुरामधाममा वर्षेनी मनाईने माघीमेलामा सुदूरपश्चिमका प्रायः सबै जिल्ला तथा छिमेकी भारत बाट हजारौँ दर्शनार्थिहरु मेला भर्न आउने गर्दछन् ।

You might also like