भिमदत्त नगरपालिका-६ का वडा अध्यक्ष खड्का मृत फेला

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ६ का वडाध्यक्ष महेन्द्र खड्का आज विहान मृत अवस्थामा फेला परेका छन् ।

बुधबार राति मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको अवस्थामा वडा अध्यक्ष खड्का फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमख प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनु भयो ।

वडा अध्यक्ष खड्का भीमदत्त नगरपालिकाका प्रवक्ता समेत हुन । उनी ऐठपुर क्षेत्रको नहर किनारमा बिहीबार बिहान ५ बजे मृत अवस्थामा फेला परेको प्रहरी उपरिक्षक थपाले बताए । उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

प्रहरी उपरीक्षक थापाले भने ञछेउमा खानेपानीको पाइप देखिन्छ, उहाँ दुर्घटनामा पर्नु भएको देखिन्छ। घटनाको अनुसन्धान भईरहेको प्रहरी ले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.