सर्भे इन्जिनियरिङमा ह्वाइट पार्क कलेजले निकाल्यो उत्कृष्ठ नतिजा

डडेल्धुराको ह्वाइट पार्क कलेज सर्वोकृष्ट नतिजा ल्याउँदै सुदूरपश्चिमकै पहिलो बनेको छ।

शैक्षिक सत्र २०७९र८० मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद(सीटीइभिटीं) ले सञ्चालन गरेको परीक्षामा कलेजले सुदूरपश्चिममै सबैभन्दा उत्कृष्ट नतिजा ल्याएको हो।

कलेजले सर्भे इन्जिनियरिङको परीक्षामा सर्वोकृष्ट नतिजा ल्याएको कलेजका प्रबन्ध राजेन्द्र भण्डारीले बताए।

ह्वाइटपार्क कलेज स्थापनाकालदेखि नै सुदूरपश्चिम र मध्यपश्चिममा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको छ।

कलेजले यस वर्षदेखि सुदूरपश्चिमका ७ पहाडी जिल्लामै पहिलोपटक ‘मेडिकल ल्याब टेक्नोलोजी’ विषयमा डिप्लोमा अध्यापन सुरुसमेत गरेको छ। डडेल्धुरा सदरमुकाममा २०७० सालमा स्थापना भएको ह्वाइट पार्क कलेजमा यस वर्षदेखि उक्त ३ वर्षे डिप्लोमा कोर्स पढाइ सुरु भएको हो।

You might also like