भुवनेश्वरी नमुनाले जित्यो परशुरामको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड

पदम जोरा,डडेल्धुरा
परशुराम नगरपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड भुवनेश्वरी नमुना माद्यमिक विद्यालय परिगाउँले हात पारेको छ ।
आईतवार सम्पन्न नगरस्तरीय १४ औं राष्टपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै भुवनेश्वरी नमुनाले यस वर्ष पनि शिल्ड उचालेको हो । भुवनेश्वरी २१ स्वर्ण, १० रजत र ६ कास्य गरी कूल ३७ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।
उक्त उपाधि सँगै नमुनाले शिल्ड र प्रमाणपत्र पनि पाएको छ। परशुराम नगरपालिकाका नगर प्रमुख भरत वडायर जोशीले भुवनेश्वरी नमुना माद्यमिक विद्यालयका प्रधानाध्यापक डम्बर सिह थ्वाललाई शिल्ड हस्तान्तरण गर्नु भएको हो ।
पौष १९ गते परशुराम नगरपालिका वडा. न १२ स्थित परशुराम रंङ्ग मैदानमा उदघाटन भएको प्रतियोगिता पौष २२ गते आईतवार सम्पन्न भएको हो ।
प्रतियोगितामा शिद्वनाथ माद्यमिक बिद्यालय जयपुर जोगवुडा द्वितीय भएको छ । शिद्वनाथ माद्यमिक बिद्यालय जयपुर जोगवुडाले १३ स्वर्ण, ५ रजत र ६ कास्य गरी कूल २४ पदक जितेको छ ।
शिद्वनाथ माबि जयपुर जोगबुडाले दोस्रो स्थान हासिल गरे वाफत नगद प्रमाणपत्र प्राप्त गरेको शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टले जानकारी दिनु भयो । विष्टका अनुसार भागेश्वर माद्यमिक विदालय परशुराम ४ कटालले तेस्रो स्थान हात पारेको छ ।
भागेश्वर माबि कटालले ८ स्वर्ण, ३ रजत र ६ कास्य गरी कूल १७ पदक जितेको हो । नियमानुसार भागेश्वर माबि कटालले पनि नगद, प्रमाण पत्र प्राप्त गरेको हो ।
परशुराम नगरपालिकाको आयोजनामा पौष १९ गते देखी १४ औं नगर सतरीय राष्टपति रनिङ शिल्ड आईतवार सम्पन्न भएको हो ।
नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा नगरपालिकाका १६ माध्यामिक बिद्यालयहरुको सहभागिता थियो।
नगरस्तरीय उक्त प्रतियोगिता वाट उत्कृष्ट खेलाडी छनोट गरिने गरिएको शिक्षा शाखा अधिकृत लक्ष्मी बिष्टले जानकारी दिनुभयो ।

You might also like
Leave A Reply

Your email address will not be published.