वि.पी कांग्रेस डडेल्धुराले बझाङको थलारा गाँउपालिकाका भूकम्प पीडितलाई न्यानो कपडा सहयोग गरेको छ । आइतबार स्वर्गीय कृष्णप्रसाद भट्टराईको १०० औं जन्मदिनको उपलक्ष्यमा पार्टीले बझाङ पुगेर उक्त कपडा हस्तान्तरण गरेको हो ।
पार्टीले थलारा गाउँपालिकाका ६५ जना पीडितलाई न्यानो कपडा सहयोग गरेको वि.पि. कागेस डडेल्धराका जिल्ला सभापति भरत नेपालीले जानकारी दिनुभयो । सभापति नेपालीका अनुसार ६५ मध्ये १५ थान पीडितलाई बाँडिएको र बाँकी ५० थान थलारा गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीलाई हस्तान्तरण गरिएको छ ।
गत असोजमा बझाङमा ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट एक जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । भूकम्पबाट जिल्लाका धेरै ठाउँमा व्यक्तिगत घर तथा सार्वजनिक भवनहरू भत्किएका थिए ।