भारतको पिथौरागढमा “एकलब्यको देशमा” कविता संग्रह लोकार्पण

नेपाली साहित्यको कविता बिधामा निकै दखल राख्नु हुने कवि कैलासकुमार पाण्डेयको छैटौ कृति एकलब्यको देशमा कविता संग्रह उत्तराखण्डको पिथौरागढ जिल्ला स्थित हिरादेवी भट्ट सरस्वती बिद्यामन्दिरमा ज्ञान प्रकास संस्कृत पुस्तकालय समितिको आयोजनामा नेपाल भारत अन्तर्राष्ट्रिय काब्य महोत्सव एवं सम्मान समारोहका बिचमा डा परमानन्द चौवेको अध्यक्षता मा सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री मा राजेन्द्रसिह रावल ज्युबाट लोकार्पण गरिएको छ ।
एकलब्यको देशमा कविता संग्रह नविनतम बान्कीका साथ निकै साजसज्जा बनाएर गहकिलो कृति पस्केका छन कैलासकुमार पाण्डेयले । मधुपर्क मासिकमा प्रकाशित एकलब्यको देशमा कवितालाई संग्रहको नाउ दिएर छ दर्जन कविता समेटेका छन । विभिन्न परिवेश ,परिस्थिति अवस्था, घटनालाई शब्दमा उतारेर दरिलो संग्रह बनेको छ । लेखन क्षेत्रमा कैलासजी विद्यार्थी काल देखि नै लागि पर्नु भएको कथक साधक हो । कैलालीको बसाई साहित्यिक जमघट र साहित्य अध्ययनले लेखन क्षमतामा खारिएर प्रस्तुत हुनु भएको छ ।
७९ कविता रहेको संग्रह सम्पादन हाउस काठमाडौ द्वारा प्रकाशित गरिएको थियो । नेपाली साहित्यका मुर्धन्य कवि मदन पुरस्कार बिजेता डा नवराज लम्सालले भुमिका लेखि सटिक समिक्षा गरेको संग्रह अन्तरास्ट्रिय स्तरमा आयोजना भएको काव्य समारोहमा लोकार्पण गरिएको छ । सोर,पिथौरागढ पुरानो साँस्कृतिक नगरिमा विभिन्न कार्यक्रमका साथ लोकार्पण गरिएको थियो । उक्त कार्यक्रममा पच्चीस नेपाल भारतका कविहरु बाट कविता बाचन गरिएको थियो ।

You might also like