चेतना साना किसान सहकारीको बार्षिक साधारण सभा सम्पन्न

डडेल्धुराको आलितालमा रहेको चेतना साना किसान कृषि सहकारी संस्थाको बार्षिक साधारण सभा हिजो सम्पन्न भएको छ । आलितालको गोदाममा कार्यालय रहेको चेतना साना किसान कृषि सहकारीको ११ औं बार्षिक साधारण सभा हिजो मंसिर ३० गते (शनिबार) आलिताल गाँउपालिका प्रांगणमा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष कृष्ण दत्त जोशीको अध्यक्षतामा समपन्न भएको साधारण सभाको प्रमुख अतिथि आलिताल गाँउपालिका का अध्यक्ष शेर सिँह पार्कि हुनुहुन्थ्यो । साधारण सभामा आलिताल गाँउपालिकाका पूर्व अध्यक्ष बल बहादुर गुरुंग , पूर्व उपाध्यक्ष जला विष्ट लगायत संस्थाका पूर्व कर्मचारीहरु लाई सम्मान गरिएको थियो ।
करिब १३ बर्ष अगाडी स्थापना भएको सहकारी संस्थाले हरेक बर्ष आफनो बार्षिक साधारण सभा गदैै आएको छ । उक्त संस्थामा अहिले दुई हजार ७६ जना शेयर सदस्य आबद्ध छन् भने ३ करोड ३४ लाख बरावरको कारोबार गरिरहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.