महिला कृषक समुह लाई सप्रोस नेपालको सहयोग

कैलालीको कैलारी गाँउपालिका मा रहेका ६ वटा महिला कृषक समुह लाई एक कार्यक्रमका विच कृषि सामाग्रहीहरु हस्तान्तरण गरिएको छ । कैलारी गाँउपालिका संगको समन्वय तथा विश्व खाद्य कार्यक्रम को आर्थिक सहयोगमा सप्रोस नेपालद्वारा सञ्चालित मुल्य श्रृङ्खलामा महिला कार्यक्रम अन्तरगत कैलारि गाँउपालिका भित्र गठन गरिएका महिला कृषक समुहलाई कृषि सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
किसानको उत्पादन लाई सुरक्षित रुपमा राख्न तथा बजारीकरणमा सहज होस भन्ने उद्देश्यका साथ महिला किसानहरु लाई बोरा, डिजिटल तराजु, त्रिपाल, स्प्रे टेन्की ,केर्यट,सिकेचर आदि वितरण गरिएको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रम कैलारी गाँउपालिकाका अध्यक्ष राज समझ चौधरि को प्रमुख आथित्यमा सम्पन्न भएको थियो भने कैलारी गाँउपालिका उपाध्यक्षभगवति कुमारि चौधरि, कैलारी गाँउपालिका वडा नं ३ का अध्यक्ष श्री सन्त राम चौधरी तथा सप्रोस नेपाल कैलालि का प्रमुख चन्द्र बहादुर सिंह को पनि उपस्थित रहेको थियो।

You might also like