भायानेटको आकर्षक स्किमः वार्षिक ७ हजारमै भायानेटको ५० एमबीपीएस इन्टरनेट, टिभी पनि चल्ने

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले आफ्नो इन्टरनेटको वार्षिक प्याकेजमा भारी छुट अफर घोषणा गरेको छ । कम्पनीले नयाँ ग्राहकका लागि वार्षिक ७ हजारमै ५० एमबीपीएस गतिको इन्टरनेट जडान गर्न सकिने अफर ल्याएको हो । सिंगल ब्यान्डको उक्त प्याकेजमा एक वर्षसम्मको टेलिभिजन प्याकेज चलाउन सकिने कम्पनीले जनाएको छ ।

यस्तै ८ हजार ५ सयमा डबल ब्यान्डको ५० एमबीपीएस गतिको इन्टरनेट र टेलिभिजन प्याकेज पाइने बताइएको छ । यस्तै ७ हजारमा डबल ब्यान्डको वार्षिक इन्टरनेट प्याकेज पाइने भायानेट कम्युनिकेसन डडेल्धुराका शाखा प्रवन्धक सजन सिंह ठकुरीले बताए ।

साथै एक महिनाका लागि ५० एमबीपीएस गतिको इन्टरनेट १ हजार १ सयमै उपलब्ध रहेको बताइएको छ ।

ग्राहकले डडेल्धुरामा उक्त प्याकेज जडान गर्न मोबाइल नम्बर ९८४८७२८५३८ र कञ्चनपुरमा ९८४०६३५९९० मा सम्पर्क गर्न सक्नेछन् ।

भायानेटले नेपालमा पहिलोपटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपी टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायानेट आइएसओ ९००१स्२०१५ प्रमाणित कम्पनी हो ।

You might also like