
१२ मंसिर
सुदूरपश्चिमकै चर्चित उग्रतारा मेला अर्थात देही जाँत आज भव्यताका साथ सम्पन्न भएको छ ।
हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गरेको उग्रतारामा हिजो राती रतेडी मेला सम्पन्न भएको थियो भने आज दिउसेडी मेला सम्पन्न भएको हो ।
डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका वडा नं। ८ मा अवस्थित महाशक्ति पीठ उग्रतारा भगवतीको मन्दिरमा आज विहानै वाट श्रद्धालु भक्तजनहरुको घुईचो थियो । मेलामा नेपाल तथा भारतका हजारौं दर्शनार्थी पूजाआराधना गर्न पुगेका थिए ।
उग्रतारा मेला अर्थात देहिजातको मेला भर्न सुदुरपश्चिमका प्राय सबै जिल्लाका साथै छिमेकी भारतको उत्तराखण्ड बाट दर्शनार्थिहरु आउने गर्दछन ।