११ मंसिर
ग्लोवल आई.एम.ई. बैँक ले बैतडीको खोड्पे बजारमा ए.टि.एम. सेवा विस्तार गररेको छ । बैतडी, बझाङ्ग र दार्चुलाको प्रवेश द्वारको रूपमा रहेको खोड्पे बजारमा ग्लोबल आइएमई बैँकले ए.टि.एम. सेवा सुरु गरेको छ । देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको एकमात्र बैंकको रूपमा रहेको पहिचान बनाएको ग्लोबल आइएमई बैंकले यस अघि नै खोड्पे बजारमा एक्सटेन्सन काउन्टरको रुपमा आफ्नो सेवा दिईरहेको थियो ।
ग्राहकहरुलाई अत्याधुनिक सुविधा प्रदान गर्ने उद्धेश्यले खोड्पे बजारमा शाखा ए.टि.एम. सेवा गरिएको बैंकले जनाएको छ ।बैतडी जिल्लामा मात्र ग्लोवल आई.एम.ई.बैकले जिल्ला सदरमुकाम गोठालापानि बजार, पाटन बजार ,दोगडाकेदार, पूचौैडी र खोड्पेबजार गरि ५स्थान बाट आफनो सेवा दिईरहेको बैँकले बताएको छ ।
खोड्पे बजारमा सेवा बिस्तार भएको ए.टि.एम.कोे उद्घाटन पाटन नगरपालिका वार्ड नं ८ र १० का अध्यक्षहरु बाट संयुक्त रुपमा भएको थियो ।