१० मंसिर
सुदूरपश्चिममा मेला र जात्राहरूको सिजन चलिरहेको समयमा डडेल्धुराका विभिन्न मन्दिर तथा देवालयमा पनि पूजाअर्चना सहित विभिन्न मेलाहरू लागिरहेको छ । यसै क्रममा डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउपालिका वडा नं.१ स्थित असिग्राम – मणिलेक बाबाको मन्दिर मा लाग्ने मेला आज भव्य रुपमा सम्पन्न भएको छ ।
असिग्राम –मणिलेक जाँत र पातालको जाँतको नामले चिनिने मेला हरेक वर्ष शुक्ल चतुर्दशीको दिन लाग्ने गर्दछ । मेलाको क्रममा नाचिने चैत्र नृत्यमा ऐतिहासिक तथा धार्मिक प्रसङ्ग लाई जोडेर गित गाउदै चैत्र नृत्य गर्ने गरिन्छ भने हातमा तरबार समाएर चौलो नृत्य गर्ने गरिन्छ । यस क्षेत्रमा कहिले देखी मेला लाग्न सुरु भयो ? भनी यकिन जानकारी कसैलाई नभए पनि पुस्तौं पुस्ता देखी मेला लाग्ने गरेको आफ्ना अघिल्लो पुस्ताले बताउँदै आएकोले पनि यहाँ लाग्ने मेला धेरै पुरानो हो भनेर विश्वास गर्न सकिने स्थानीय बताउँछन् ।
मेलाको अन्तिमा सरह नृत्य प्रदर्शन गरिएको थियो साथै मेला लाई व्यवस्थित बनाउन मन्दिर परिसरमा जुवा तास र मदिरा पूर्ण रुपमा निषेध गरि मेला व्यवस्थापन गरिएको गन्यापधुरा गाउपालिका वडा नं.१ का अध्यक्ष नरेश भण्डारीले बताउनुभयो ।