चौलो नृत्यका लागी प्रख्यात डडेल्धुराको बडाल मेला आज भव्यताका साथ सम्पन्न भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा न २ बडाल स्थित गणेशपुरमा रहेको लाटा गन्याप देवताको मन्दिरमा लाग्ने वडाल मेला कार्तिक शुक्ल दशमीको दिन राती रतेडी र एकादशीको दिन दिवा मेला लाग्ने परम्परा रहिआएको छ ।
लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल मेलामा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलालाई सुदूरपश्चिममा महत्वपूर्ण मेलाको रुपमा हेर्ने गरिन्छ ।
डडेल्धुरा लगाएत सुदुरपश्चिम प्रदेशका विभिन्न क्षेत्रबाट बडाल जाँतमा दर्शनार्थीहरु मेला हेर्न श्रद्धालु हरु आएका थिए। गन्यापधुरा गाउँपालिकाले यस वर्ष पनि मेला लाई सभ्य र भव्य बनाउन स्थानिय विदा दिएको थियो भने मेला परिसरमा जुवातास, मदिरा पूर्णरुपमा बन्द गरिएको थियो ।
You might also like