कृषि विमाः हर्ष कि विस्मात ?

कृषि विमाको कहाली लाग्दो तथ्यांकः कृषि गणना २०७८ ले नेपालको कुल ७०.४ प्रतिसत परिवारको आम्दानीको मुख्य श्रोत कृषि रहेको जनाएको छ भने कृषि विमा गर्ने परिवार केवल ४.४ प्रतिसत मात्र ।
अघिल्लो कृषि गणनामा कृषि लाई आफनो आम्दानीको मुख्य श्रोत मानेका परिवारको संख्या ८३.१ प्रतिसत रहेकोमा १० वर्षको अन्तरालमा १२.७ प्रतिसतले घटेर ७०.४ प्रतिसत पुगेको छ यसरी कृषि लाई आफ्नो आमदानीको मुख्य श्रोत मान्ने परिवारको संख्या घट्नु भनेको कृषि पेशा लाई छोड्ने परिवारको संख्या बढिरहेको तथ्यांकले देखाउछ ।
घटिरहेको छ त कृषि पेशा गर्ने परिवार हरु ?
कृषि गणना २०६८ मा खेतीपाति गर्ने परिवारको संख्या ३७ लाख १६ हजार रहेको मा २०७८ मा त्यो संख्या बढेर ३९ लाख ९९ हजार पुगेको छ भने पशुपालन तर्फ हेर्ने हो भने कृषि गणना २०६८ मा १ लाख १६ हजार परिवारले पशुपालन गरेको देखिन्छ भने २०७८ मा १ लाख ३२ हजारले पशुपालन गरिरहेको तथ्यांक देखिन्छ ।
माथि प्रस्तुत गरिएको तथ्यांक हेर्ने हो भने तुलनात्मक रुपमा कृषि र पशुपालन गर्ने परिवारको संख्या बढेको देखिए पनि कृषि तथा पशुपालनमा लागेका परिवार मध्ये ४५ प्रतिसत परिवार लाई मात्र आफ्नो उत्पादन ले वर्ष भरी खान पुग्ने नमिठो तथ्यांक कृषि गणना २०७८ ले देखाएको छ ।
के हुन् त कृषि पेशाको जोखिमहरु
नेपालका किसानहरु का थुप्रै जोखिमहरु छन जस मध्ये मुख्यतया खेतियोग्य जमिनलाई लिन सकिन्छ । नेपालको तथ्यांकहरु लाई हेर्ने हो भने पछिल्लो ६० वर्षमा खेतीपाती गर्ने परिवारको संख्या १६८ प्रतिसतले वढेको देखाउदछ भने भोगचलन गर्ने जमिन केवल ३२ प्रतिसतले वढेको देखिन्छ । नेपालको सन्दर्भमा अझ टुक्रे जमिनहरु भएका कारण पनि कृषि पेशामा जोखिम रहेको छ ।
कृषि गणनामा पशुपंक्षि मात्र पाल्ने र चार आना सम्मको जमिनमा खेतीपाती गर्ने लाई पनि कृषि पेशामा आवद्ध परिवार मानेकोले संख्याको हिसावले कृषि पेशामा आवद्ध परिवारको संख्या बढेको दखिए पनि वास्तविकता त्यो होईन ।
अधिकांस पहाडि किसानहरुको खेतीपाति आकासे पानिको भरमा रहने, कहिले सुक्खा, कहिले अति वर्षा, हावाहुरी, असिना तथा पहिरो जस्ता जलवायुजन्य प्राकृतिक विपत्ति नेपालको किसानहरुको ठुलो समस्या हो।
जोखिम न्यूनिकरणको लागी कृषि विमा ।
निर्वाहमुखी कृषि वाट व्यवासायिक कृषि तर्फ आकर्षित गर्न र कृषि क्षेत्रको जोखिम लाई न्यूनिकरण गर्न विमा समितिले वि.स.२०६९ बाट वालि तथा पशुपन्छी विमा निर्देशन २०६९ मार्फत नेपालमा कृषि विमा सुरु गरेको देखिन्छ ।
कृषि क्षेत्रलाई विस्तार एबं प्रवद्र्धन गर्ने, व्यवासायिक खेती तर्फ आकर्षण गर्ने र सम्भावित जोखिम न्यूनिकरणमा सहयोग गर्ने, कृषि क्षेत्रमा लगानी लाई प्रोत्साहित गर्ने, कृषिमा निजि तथा सहकारी क्षेत्रको लगानी लाई प्रोत्साहित गर्ने, कृषि उत्पादन लाई प्रोत्साहित गरि आयात लाई प्रतिस्थापन गर्ने उद्देश्यका साथ सुरु गरिएको कृषि बिमा सुरु भएको करिव एक दशक भईसक्दा केवल ४.४ प्रतिसत परिवारले मात्र कृषि विमा गर्नुले कृषि विमा कृषकका लागी हर्ष न विस्मात जस्तो भएको देख्न सकिन्छ ।

के छ कृषि विमा भित्र ?
नेपाल सरकारले कृषि तथा पशुपंक्षि विमा तर्फ किसान लाई आकर्षित गर्नको लागी २०७० साउन १ गते देखी कृषि तथा पशुपक्षि विमाको विमा शुल्क मा ५० प्रतिसत अनुदानको व्यवस्था गरेको थियो । २०७१ साउन १ गते देखी अनुदान बढाएर ७५ प्रतिसत पुर्यो भने आर्थिक वर्ष ०७८÷७९ को वजेट वक्तव्यमा अनुदान घटाएर ५० प्रतिसत पुर्याईए पनि २०७८ असोज ७ गते देखी लागु हुने गरी अनुदान बृद्धि गरि ८० प्रतिसत पुर्याईएको छ अर्थात हामीले कृषि तथा पशुपंक्षिको विमा गर्नुपरेमा बिमा शुल्कको ८० प्रतिसत सरकारले तिरिदिन्छ भने किसानको भाग मा केवल २० प्रतिसत दायित्व रहन्छ ।
अझ सुदरपश्चिमको हकमा ८० प्रतिसत अनुदान संघिय सरकारको तर्फ बाट र बाकि २० प्रतिसत अन्दान सुदुरपश्चिम प्रदेश सरकारको तर्फ बाट व्यहोरिने हुदा किसानहरुले केवल सेवा शुल्क बाफतको केहि रकम विमा कम्पनी लाई तिरे कृषि तथा पशुपंक्षी विमा करिवकरिव निशुल्क जस्तै भन्दा फरक नपर्ला । अझ विमाको अवधीमा विमितको निधन भएको खण्डमा विमित गर्ने व्यक्तिको पनि रु २ लाख वरावरको विमा गरिएको हुन्छ ।
कृषि विमा किन सफल हुन सकिरहेको छैन ?
कृषि विमा कार्यक्रम लाई प्रभावकारी बनाउनको लागी सरकारी तथा गैर सरकारी निकायहरु बाट प्रशस्त प्रयासहरु भए पनि कृषि तथा पशुपंक्षि विमा प्रभावकारी हुन नसक्नुका पछाडी केही कारण हरु रहेको देख्न सकिन्छ ।
कृषि विमा किन गर्ने ? यसका फाईदाहरु के ? यि र यस्ता विषयहरुका बारेका किसानहरु अनभिज्ञ रहेको देख्न सकिन्छ । समुदाय स्तर सम्म कृषि विमाको बारेमा जानकारी दिन सकिएको छैन भने जानकारी प्राप्त गरेको समुदाय सम्म सेवा प्रदायक विमा कम्पनि हरुको उपस्थिती रहेको छैन । जिवन विमा कम्पनी को तुलनामा निर्जिवन विमा कम्पनीमा बीमा अभिकर्ताहरु आकर्षित हुन नसक्दा समुदाय स्तरमा कृषि विमा गर्न चाहेर पनि विमा गर्न सकिरहेका छैनन ।
परशुराम नगरपालिका वडा नं.१० का किसान अर्जुन बहादुर बोहरा को अनुभवमा कृषि तथा पशुपक्षीहरुको विमा गर्न समुदाय ईच्छुक भए पनि समुदायमा विमा अभिकर्ता सहजै नभेटिएका कारण आफु लगायत छिमेकीहरु पशुविमा बाट बञ्चित भईरहेको तितो अनुभव सुनाउछन ।
२०६९ सालमा कृषि विमा सुरु गर्दा ४ वटा कृषि विमालेख बाट सुरु भएको कृषि तथा पशुपंक्षि विमा २०७८ को कृषि गणना सम्म आईपुग्दा उल्लेख्य प्रगति सम्म पुग्न नसकेपनि विस्तारै आकर्षित हुदैछन भन्ने कुरा लाई नकार्न सकिदैन ।
पछिल्लो समय हावा पानीमा आईरहेको परिवर्तन संगै खेतीपातिमा देखिन थालेको विभिन्न किसिमका जलवायुजन्य नकारात्मक असरहरुको जोखिम बाट केही हद सम्म भए पनि बच्नको लागी कृषि विमा लाई व्यापकता बनाउन आवश्यक छ । हाल कृषि विमामा रहेका केही प्राविधिक जटिलताहरु लाई फुकाई सहबनाउन आवश्यक देखिन्छ । यसो गर्न सकिएन भने कृषि विमा किसानको लागी हर्ष न विस्मात हुने निश्चित देखिन्छ ।
सरकारी पक्ष बाट कृषि बिमाका लागी सतप्रतिसत अनुदान दिदा पनि किसानहरु कृषि बिमा तर्फ खासै आकर्षित हुन नसकेको कृषि ज्ञान केन्द्र डडेल्धुरा का पूर्व कार्यालय प्रमख रामचन्द्र भट्ट बताउनु हुन्छ । प्रचार प्रसारको कमी र प्रकृयागत झन्जटका कारण हरु किसानहरु कृषि विमा तर्फ आकर्षित हुन नसकको हुन कि ? गत वर्ष कृषि ज्ञान केन्द्रमा जम्मा ९ जनाले बाली बिमा वाफतको अनुदानका लागी आवेदन भरेको देखिन्छ ।
यद्यपी कृषि ज्ञान केन्द्र डडेल्धुराका नवनियुक्त कार्यालय प्रमुख खेमराज पनेरु ले आफ्नो पदस्थापन पश्चात को पहिलो पहिलो बैठकमैक बिमा कम्पनीहरु संग कृषि विमा लाई सहज रुपमा सर्वसाधारण सम्म पुगाउन अनुरोध गरेको बताउनुहुन्छ ।

You might also like