१९ कार्तिक
डडेल्धुराको आलिताल गाँउपालिकाको विभिन्न पर्यटकिय गन्तव्यको विकासका लागी स्थापना भएको आलिताल पर्यटन विकास समाजको दोश्रो साधारण सभा हिजो आलिताल गाँउपालिकाको सभाहलमा समपन्न भएको छ ।
समाजका अध्यक्ष अमर बहादुर बुढाको सभापतित्व समा सम्पन्न भएको उक्त कार्यक्रममा सविधान सभा सदश्य हरिलाल थापा मगर प्रमुख अतिथि को रुपमा उपस्थित हुनुहुन्थ्यो भने आलिताल गाँउपालिकाका अध्यक्ष शेर सिँह पार्कि र आलिताल गाँउपालिकाका निवर्तमान उपाध्यक्ष जला विष्ट विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
साधारणसभाको उद्घाटन सत्रमा अधिकांस वक्ताहरुले गुरु योजना अनुरुप आलितालका पर्यटकिय गन्तव्यहरुको विकास गर्न आवश्यक रहेको बताएका थिए । आलिताल प्रशस्त पर्यटकिय सम्भावना बोकेको ठाँउ भए पनि आलिताल सम्म आन्तरिक तथा बाह्य पर्यटक हरु लाई आकर्षित गर्न नसकिएको ले योजनावद्ध ढंगले प्रचारप्रसार गर्न आवश्यक रहेको वक्ताहरुले बताउनु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि एबं आलिताल गाँउपालिकाका अध्यक्ष शेर सिँह पार्किले आलितालको विकास का लागी सबै तहका सरकारको योगदान हुनुपर्नेमा प्रदेश सरकार र केन्द्र सरकार बाट उपेक्षा गरिएको गुनासो गर्नुभयो ।
उक्त कार्यक्रममा आलिताल पर्यटन विकास समाज का संस्थापक अध्यक्ष लगायत विभिन्न उपसमितिका पदाधिकारीहरु लाई सम्मान गरिएको थियो ।