डडेल्धुरा अस्पतालमा नेविसंघद्धारा फलफूल वितरण

४ कार्तिक
दशैको अवसर पारि नेपाल विद्यार्थि संघ डडेल्धुरा ले डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेएको छ । दसैंको अवसर पारेर जिल्ला सदरमुकाम स्थित डडेल्धुरा अस्पतालमा उपचाररत बिरामी, बिरामी कुरुवा र कर्मचारीलाई फलफूल वितरण गरेको हो ।
अस्पतालमा उपचाररत बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेपाली विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष पवन ऐरले जानकारी दिए । उनका अनुसार अस्पतालमा ५० जनालाई फलफूल वितरण गरिएको हो ।

‘नेपाली काँग्रेसले दसैँ, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा देशव्यापी विभिन्न कार्यक्रम गर्दै आएको छ,’ उनले भने, ‘डडेल्धुरामा हामीले बिरामीलाई फलफूल वितरण गरेका हौं । त्योसंगै शुभकामना आदानप्रदान पनि गरिएको छ ।’

You might also like
Leave A Reply

Your email address will not be published.