४ कार्तिक
डडेल्धुरा धनगढी भिमदत्त राजमार्गको मध्यविन्दु बुडर बजारमा चार्जिंग स्टेशन सहितको होटेल डुब्का एण्ड चार्जिंग सेन्टरको आज विधिवत रुपमा उद्घाटन भएको छ । विद्युतिय सवारी साधनहरु चार्ज गर्ने सुविधा सहित होटेल डुब्का एण्ड चार्जिंग सेन्टर सुदुपश्चिमको पहाडि जिल्लाहरुमा पहिलो स्टेशन भएको होटेलका संञ्चालक विजय प्रसाद भट्टले जाकारी गराए ।
उक्त होटेलको आज एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेशसभा का सदश्य डा.तारा प्रसाद जोशीले उद्घाटन गर्नुभएको हो ।
होटेल संञ्चालक विजय प्रसाद भट्ट अध्यक्ष रहेको विजुली वस सेवा प्रा.ली. द्धारा संञ्चालन भईरहेको यात्रु बाहक माईक्रो बस लाई लक्षित गरि जि.वि.टि.प्रविधिको चार्जिंग स्टेशन १२ लाख पचास हजारको लगानीमा जडान गरिएको हो ।
करिव चार महिना पहिले बाट डाफे ब्रान्डको विद्युतिय माईक्रोबस संञ्चालन गरिरहेको विजुली बस सेवा प्रा.ली.ले हाल ४ वटा माईक्रो बस संञ्चालन गरिरहेको छ भने निकट भविश्यमै १८ वटा गाडी बाट सुदरपश्चिमका विभिन्न स्थानमा सेवा विस्तार गर्ने योजना बनाईरहेको प्रा.लीले जनाएको छ ।
हाल दैनिक १५ देखी २० वटा सावरी साधनले चार्जिंग सुविधा लिईरहेको र विद्युतिय सवारी साधन चार्जको सुविधा वाहेक डोटेली खाना लाई प्राथमिकतामा राखिने होटेल संञ्चालक भट्टले बताउनु भयो ।