चन्द्र सुर्य रिसोर्ट एण्ड क्याम्पिंग साईटको उद्घाटन

३ कार्तिक
धनगढी डडेल्धुरा भिमदत्त राजमार्गको साहुखर्कमा आज बाट संञ्चालन भएको चन्द्र सुर्य रिसोर्ट एण्ड क्याम्पिंग साईटको आज विधिवत रुपमा उद्घाटन भएको छ । गन्यापधुरा गााउपालिका वडा नं.१ को साहुखर्कमा सुरु भएको रिसोर्टको आज एक कार्यक्रमका विच गन्यापधुरा गाँउपालिकाका अध्यक्ष ईन्द्र बहादुर कार्कि र गाँउपालिका उपाधयक्ष ज्ञानु सेठीले उद्घाटन गर्नुभएको हो । सुरत तमोली र सन्तोष ऐरले संयुक्त रुपमा संञ्चालन गरेको उक्त रिसोर्टमा स्थानिय परिकार लाई जोड दिईने बताईएको छ ।
एकान्त र सुन्दर हिमालयको दृश्यावलोकन गर्न सकिने रिसोर्टमा क्याम्पिंग सुविधा का साथै फोटोग्राफिका लागी विभिन्न स्पटहरु तथा लिंगे पिंगहरुको सुविधा दिईने र यसका साथै रिसोर्ट लाई पिकनिक स्पटको रुपमा विकास गर्दै लैजाने संञ्चालक मध्येका एक सुरत तमोलीले जानकारी दिनुभयो ।

You might also like