३ कार्तिक
चाडपर्व नजिकिैदै गर्दा डडेल्धुरा जिल्लाका विभिन्न क्षेत्रहरुमा खेलकुद प्रतियोगिताहरु आयोजना हुन थालेका छन् । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका वडा नं. ४ स्थित जय वावा घटाल युवा क्लवको आयोजनामा जिल्ला स्तरीय फुटवल प्रतियोगिताको आज एक कार्यक्रमको विच उद्घाटन भएको छ ।
क्लवका अध्यक्ष विकास भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी,जिल्ला खेलकुद विकास समिति प्रतिनिधि तथा संञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । आज कार्तिक ३ गते देखी संञ्चालन भएको फुटवल प्रतियोगिता ५ गते सम्पन्न हुनेछ । फुटवल प्रतियोगितामा जिल्लाका १२ वटा टिमले सहभागिता जनाईरहेको छ ।
क्लवका पूर्व खेलाडी लगायत शुभचिन्तकहरुको आर्थिक सहयोगमा आयोजना हुन गईरहेको फुटवल प्रतियोगिता ले प्रतियोगिता मा स्वास्थ्यका लागी खेलौ र खेलाऔँ भन्ने नाराका संञ्चालन भईरहेको छ ।
जय वावा घटाल युवा क्लवले आयोजना गरेको १४औँ संस्करणको जिल्ला स्तरीय फुटवल प्रतियोगिता लाई क्लवले भर्खर मात्र दिवंगत भएका क्लवका सदश्य राकेश ऐर लाई समर्पित गरेको छ ।
फुटवल प्रतियोगितामा प्रथम हुने टिम लाई नगद रु ३००००। , ट्रफि तथा प्रमाणपत्र, द्धितिय हुने टिम लाई १५ हजार, ट्रफि तथा प्रमाणपत्र र तृतिय हुने टिम लाई ७०००। ट्रफि तथा प्रमाणपत्रका साथै उत्कृष्ट गोलकिपर, गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट खेलाडी लाई पनि विशेष सम्मान दिईने आयोजकले बताएको छ ।
You might also like