२ कार्तिक
डडेल्धुरामा छोराको हत्या गरि खाडलमा पुर्ने कार्यमा संलग्न भनिएका प्रतिबादी गजेन्द्र बोहरा पक्राउ परेका छन् ।
डडेल्धुरा जिल्लाको आलिताल गाउंपालिका वडा . ८ को पल्टेगुडीमा छोराको हत्यामा संलग्न भनिएका फरार गजेन्द्र बोहरा आफनै घरबाट पक्राउ परेका हुन् ।
घटना घटाउने कार्यमा संलग्न रहि प्रतिबादीको रुपमा फरार सुचिमा रहेका बोहरालाई असोज ३० गते प्रहरीले आफनै घरबाट पक्राउ गरेको डडेल्धुरा प्रहरी कार्यालयका सूचना अधिकारी कुशुम नायकले बताए ।
२०७९ पौष ३० मा आमाले बच्चालाई कुटपिट गरेर हत्या गरी खाडलमा पुरिएको अवस्थामा फेला परेको थियो।
आलितालको समैजी आधारभूत विद्यालयमा कक्षा १ मा अध्यययनरत ८ वर्षीय भरत बोहरालाई आफ्नै आमा कलमती बोहराले कुटपिट गरि हत्या गरेका थिए । घटना हुदा बोहरा भने घर थिएनन् । सोहि घटनामा बुवा गजेन्द्र बोहरालाई पनि प्रतिबादीको रुपमा प्रहरीले फरार सुचिमा राखेर खोजिकार्य गरिरहेको थियो । प्रहरीले बोहरालाई अनुसन्धान गरि अदालत बुझाउने तयारी गरिरहेको समेत नायकले बताए ।