३० असोज
आलिताल गाँउपालिका वडा नं.१ का पहिरो पिडित लाई युवा समाजसेवी विनय प्रकाश मल्लले राहत स्वरुप खाद्यान्न सहयोग गरेका छन् ।
आलिताल गाँउपालिका वडा नं.१ मालागाँउ र भोका गाँउका विस्तापित २४ परिवार लाई विजयादशमीको अवसर पारि खाद्यान्न सहयोग गरिएको हो ।
डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नं.४ घर भई हाल व्यवसायको सिलसिलामा जापानमा रहेको युवा समाजसेवी विनय प्रकास मल्ल ले २४ परिवारका लागी प्रति परिवार २५ किलो चामल, २ किलो मसुरोको दाल, १ लिटर तेल र १ किलो नुन सहयोग गरेका हुन ।
आलिताल गाँउपालिका वडा नं.१ संगको समन्वयमा पहिरो पिडितहरुको अस्थाई आश्रय स्थलमा आज एक कार्यक्रमका विच आलिताल गाँउपालिका वडा नं.१ का कार्यवाहक अध्यक्ष राम बहादुर बोगटी, नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समिति कोषाध्यक्ष राम बहादुर धामी र गांखेत प्रहरी चौकीका ईन्चार्ज भान सिँह धामीले खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
युवा समाजसेवी विनय प्रकास मल्लले यस अघी पनि डडेल्धुरा लगायत नेपालका विभिन्न जिल्लाहरुका विद्यालय तथा आर्थिक समस्यामा परेका व्यक्ति हरु लाई सहयोग गर्दै आईरहेका छन् ।
सम्भावित पहिरोको जोखिम बाट विस्तापित भई अस्थाई आश्रयस्थलमा बसेका पिडितहरु चाड पर्वको मुखैमा खाद्यान्न पाउदा निकै खुसी भएको बताउदै स्थानिय दान बहादुर औजीले विदेश बाट पहिरो पिडित लाई सम्झिएर खाद्यान्न सहयोग गरिदिनुभएकोमा युवा समाजसेवी विनयप्रकास मल्ल लाई सबै पिडितहरुको तर्फ बाट धन्यवाद सुनाई दिन अनुरोध गरे ।