सार्वजनिक विदाको दिन पनि शिद्धार्थ बैँक डडेल्धुरा ले दियो सेवा

२८ असोज
शिद्धार्थ बैँक डडेल्धुरा शाखाले हिजो शनिवार तथा आज घटस्थापनाको सार्वजनिक विदाको दिन पनि ग्राहकहरु लाई आफनो सेवा दिएको छ ।
आज घटस्थापनाको दिन नेपाल सरकार द्धारा सार्वजनिक विदा दिएकाले जिल्ला भरका सबै सार्वजनिक निकायहरु बन्द भए स्थित शिद्धार्थ बैँकको डडेल्धुरा शाखा भने खुलै रह्यो ।
शिद्धार्थ बैँक डडेल्धुरा शाखा ले हिजो शनिवार पनि आफनो शाखा लाई खुलै राखेको थियो । चाडवाड नजिकिदै गर्दा आफ्ना ग्राहकहरु लाई थप सुविधा होस भन्ने सोचेर आफनो शाखा खुला राखेको शिद्धार्थ बैँक डडेल्धुुराका शाखा प्रवन्धक तिर्थ बहादुर झुकालले बताउनुभयो ।
शिद्धार्थ बैँकको केन्द्रिय कार्यालय संग घटस्थापनाको सार्वजनिक विदाको दिन के गर्ने भन्ने विषयमा छलफल भएको र डडेल्धुराका सेवाग्राही हरु लाई सहज होस भनेर आफनो शाखा खुला राख्ने निर्णय गरेको शाखा प्रबन्धक झुकालले बताउनु भयो ।
हिजो शनिवार ३०० भन्दा बढी सेवाग्राहीले सेवा लिएको र आज घटस्थापनाको दिनमा सामाजिक सुरक्षा भत्ता वाफत करिव ४०० जना भन्दा बढी लाई सेवा दिईने शिद्धार्थ बैँक डडेल्धुराले जनाएको छ ।
भर्खर मात्र अमरगढी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता खातामा पठाएकोले सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरु लाई दशै मान्न खर्चको जोहो होस भनेर शनिवार र आज सार्वजनिक विदाको दिन पनि बैँक खोलेको र आवश्यकता अनुसार केन्द्रिय कार्यालय संग समन्वय गरेर दशैको अवधीमा पनि शाखा खोलिने शाखा प्रवन्धक तिर्थ बहादुर झुकालले बताउनु भयो ।

You might also like