अमरगढी किल्लाको सर्वागिंण विकासका लागी छलफल कार्यक्रम सम्पन्न

२६ असोज
डडेल्धुरा स्थित एतिहासिक अमरगढी किल्लाको संरक्षण, प्रवद्र्धन, सुधार तथा स्तरोन्नतीको लागी सरोकारवालाहरु संगको बृहद छलफल कार्यक्रम सम्पन्न भएको छ ।
सुदुरपश्चिम प्रदेशसभा सदश्य सरस्वती खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको आयोजना नेपाली सेनाको रणबम गण गण र अमरगढी नगरपालिकाले संयुक्त रुपमा गरेको थियो भने जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र अमरगढी किल्ला पर्यटन पूर्वाधार समिति सह आयोजक रहेका थिए ।
कार्यक्रममा डडेल्धुराका सात वटै पालिका लाई आन्त्रण गरिएको भए पनि गन्यापधुरा, नवदुर्गा र अजयमेरु गाँउपालिकाका प्रतिनिधिहरुको उपस्थिती थियो भने जिल्ला स्थित विभिन्न निकाय बाट उपस्थित सहभागीहरु बाट किल्लाको पर्यटन प्रवद्र्धन, संरक्षण र सम्बद्र्धनका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले आफनो तर्फ बाट अमरगढी किल्लाको विकासको लागी विभिन्न प्रयासहरु भईरहेको बताएका थिए भने अजयमेरु गाँउपालिकाका अध्यक्ष उमेश भट्टले असल योजना बन्यो भने आर्थिक समस्या नहुने बताउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशसभा सदश्य सरस्वती खड्काले अमरगढी किल्ला डडेल्धुराको मात्र भएर देशकै गहना भएको र आफुले प्रदेशसभाको पहिलो बैठकमा अमरगढी किल्लाको बारेमा कुरा उठाएको साथै आगामी दिनमा पनि डडेल्धुराको समग्र विकासको लागी लागी पर्ने बताउनु भयो । (मा. सरस्वती खड्का)

You might also like