२२ असोज
ब्यबसायिक तरकारीखेती तथा पशुपालनमा लागेका किसानहरु लाई प्रविधि तर्फ आकर्षित गर्नका लागी डडेल्धुरामा जियो कृषि एप सम्बन्धि तालिम आयोजना गरिएको छ ।
जिल्ला स्थित एकिकृत विकास समाज डडेल्धुरा द्धारा डडेल्धुरा तथा बैतडी जिल्लामा संञ्चालन भईरहेको सिम परियोजना अन्तर्गत उक्त तालिम सम्पन्न भएको हो ।
डडेल्धुराको अमरगढी नगरपालिका र बैतडीको पाटन नगरपालिकाका ५० जना किसानको सहभागीता रहेको उक्त तालिम लाई अमरगढी नगरपालिका कृषि शाखा कृषि अधिकृत रमेश भण्डारीले सहजिकरण गर्नुभएको थियो ।
व्यबसायिक कृषि तथा पशुपालनमा संलग्न भएका किसानहरु लाई कृषि तथा पश्पालनको क्रममा देखिने समस्याहरु लाई सहजै समाधान गर्न सहयोग पुगोस भन्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको एकिकृत विकास समाजका कार्यक्रम संयोक बाबुराम श्रेष्ठले बताउनु भयो ।
किसानहरुले उतपादन गरेको तरकारी तथा पशुजन्य उत्पादन लाई बजार सम्म पुगाउदा बिचौलियाहरुको चलखेल हुने गरेको र मेहेनत गर्दा पनि सोचे जस्तो फाईदा लिन नसकको सन्दर्भमा जियो कृषि एप्सको प्रयोगले किसानहरुलाई सहयोग पुग्ने कृषि अधिकृत रमेश भण्डारीले बताउनु भयो ।
सिमान्तकृत सम्ुदायको आर्थिक तथा सामाजिक सशक्तिकरणका लागी सिम परियोजना फिन चर्च एडको सहयोगमा एकिकृत विकास समाज डडेल्धुराले संञ्चालन गरिरहेको छ ।
You might also like