डडेल्धुरामा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

डडेल्धुरा सदरमुकाममा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेको छन् ।

जिल्लाको अमरगढी नगरपालिका ५ कीर्तिपुर बस्ने करन रोकायको घरको आगनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष ओझासहित ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्याल डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ८ सय ५० रुपैयाँ र ९ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

You might also like