सवारी चालक दोश्रो चरणको तालिम सम्पन्न

२१ असोज
डडेल्धुरामा दोश्रो चरणको एक महिने हलुका सवारी चालक तालिमको आज समापन भएको छ । फिन चर्च ऐड को आर्थिक सहयोगमा एकिकृत विकास समाज डडेल्धुरा द्धारा संञ्चालन भई रहेको सिम परियोजना अन्तर्गत युवा लक्षित कार्यक्रम अन्तर्गत एक महिने तालिम आयोजना गरिएको थियो ।
यस अघि अमरगढी नगरपालिका का ६ जना युवाहरु लाई सहभागी गराईको हलुका सारी चालकको तालिम मा यस पटक ४ जना महिला तथा ४ जना पुरुष गरी जम्मा ८ जनाको सहभागीता रहेको थियो ।
सिमान्तकृत समुदाय को आर्थिक तथा सामाजिक सशक्तिकरण गर्ने उद्देश्यले युवा लक्षित कार्यक्रम अन्तर्गत युवाहरु लाई व्यवसायिक तालिम दिईएको कार्यक्रम संयोजक बाबुराम श्रेष्ठले बताउनु भयो ।
डडेल्धुराको उग्रतारा ड्राईभिंग ट्रनिंग सेन्टरमा आज भएको कार्यक्रममा सहभागीहरु लाई प्रमाणपत्र वितरण गरिएको थियो ।
तालिम कार्यक्रममा सहभागी अमरगढी नगरपालिका वडा नं.८ का तारा पाण्डेयले व्यवसायिक शिप सिकेर आफ्नो जिविकोपार्जन मा सहयोग पुग्ने बताउनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.