१८ असोज
लोक देउडा गायक दिर्घराज फुलारा र गौरी भट्टको सुमधुर स्वरमा सजिएको धानवाली पियाली भैगै आज दिउसो ४ बजे युट्युब च्यानलमा सार्वजनिक भएको छ ।
दिर्घ फुलारा अफिसियल नामक युट्युब च्यानलमा सार्वजनिक भएको देउडा गितमा डडेल्धुरा गन्यापधुराका केशब महता र पिंयका कुवर लगायतको मोडल हरुको अभिनय हेर्न पाईन्छ । डडेल्धुरा
निर्देशक भिम थापाले निर्देशन गर्नुभएको उक्त म्भयूजिक भिडियो को अधिकांस दृश्यहरु डडेल्धु्रामा कैद गरिएका छन् । दिर्घ फुलाराको लय तथा शव्द मा म्यूजिक एरेन्जर भुवन प्रकाश बडुले म्यूजिक ऐरेन्ज गर्नु भएको छ ।
विग परिवेश डिजिटल रेकर्डिंग स्टुडियो अनाम नगरमा गितको रेकर्ड भएको हो भने खप्तड फिल्मले निर्माण गरेको म्यूजिक भिडियोको छायांकन अमृत उपाध्यायले गरेका छन त्यसै गरी प्रविण रेश्मी मगरले मिकिसंग गरेका छन ।
पछिल्लो समय लोक दोहोरी , देउडा गित र थारु गितको म्यूजिक भिडियोहरु डडेल्धुरामा छायांकन हुन थालेका छन । केहि दिन पहिलेमात्र डडेल्धुरा विभिन्न स्थानहरुमा छायांकन गरिएको थारु गित बजारमा
आएको थियो भने अव को एक दुई दिनमा झरना बोहरा लगायत मोडेलहरु ले अभिनय गरेको धनिराम गिरि र यज्ञ राज गिरि र गौरि भट्टको स्वरमा पान तिया पन्नर बजारमा आउदैछ ।
म्यूजिक भिडियो यहाँ छ ।