डडेल्धुराको नवदुर्गाले हटाउदै करारका ७५ जना कर्मचारी

१७ असोज
डडेल्धुराको नवदुर्गा गाँउपालिकाले करार सेवाका ७५ जना कर्मचारी हटाउने निर्णय गरेको छ ।
नवदुर्गा गाँउपालिका गाँउकार्यपालिकाको गत सोमबार बसेको बैठकको निर्णयले करार सेवामा रहेका कर्मचारीको म्याद थप नगर्ने निर्णयपछि ७५ जना कर्मचारीहरु सेवा बाट निस्कासित हुन लागेका हुन ।
पालिकाभित्र ७५ जना करारका कर्मचारी भर्ना छन तर कार्यपालिकाले उनीहरुको करार अबधीको म्याद थप नगर्ने निर्णय गरेको नि.प्रमुख प्रशासकिय अधिकृत रवि कुमार चौधरीले बताउनुभयो ।
स्वास्थ्यकर्मी, पशु शाखा र कृषी प्राविधिक कर्मचारीहरुको करार थप नगर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । कार्यपालिकामा दुई जना वडा अध्यक्षले भने नोट अफ डिसेन्ट अर्थात नियर्णमा असहमती जनाएका छन । कर्मचारीहरुले आन्दोलन गर्ने जनाएका छन् । गाँउपालिका श्रोतका अनुसारआर्थिक श्रोतको अभाबका कारण करार कर्मचारीको तलब दिन नसकिने भएपछि म्याद थप नगर्ने निर्णय कार्यपालिकाले गरेको बताएका छन् ।
कार्यपालिकाले गरेको निर्णयबाट जनस्तरमा ब्यापक बिरोध भईरहेको छ । नबदुर्गा गाँउपालिका वडा नं.४ का वडा अध्यक्ष पदम बिष्टले आफ्नो वडा आज देखि कर्मचारी बिहिन भएपछि सेवा बन्द हुने बताउनु भएको छ ।र्
कै पटक ठ्लो संख्यामा कर्मचारीहरु हटाउदा विभिन्न सेवाहरु प्रत्यक्ष तथा अप्रतक्ष रुपमा प्रभावित हुने भन्दै जनस्तरमा व्यापक विरोध भए पछि नवदुर्गा गाँउपालिकाको गाँउकार्यपालिकाको आज बसेको आकस्मिक बैठकले असोज मसान्त सम्म म्याद थप गरेको गाउपालिकाले जनाएको छ ।

You might also like